• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जेसीजको कार्यक्रममा ४५ जनाले गरे रक्तदान

कलैया २३ असोज । कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहीबार पहिलो दिन जेसीज सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमको उद्घाटन वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा रविता चौरसिया, निरमा चौधरी, कल्पना गिरी सहित ६ जना महिला तथा जेसी अनिल कुशवाहा श्रवण प्रसाद साह, शम्भु गुप्ता, दिवाकर गुप्ता लगायत जम्मा ४५ जनाले रक्तदान गरे ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोह तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नवल किशोर सिंहले जेसीजको आफ्नो कार्यविधी छुट्टै रहेकोमा आभार प्रकट गर्दै अझै समाजमा रहेका विकृति विसङ्गतिहरुलाई औंल्याई जेसीजले यस क्षेत्रमा पनि लाग्नुपर्नेमा जोड दिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले समाजमा फैलिएको दहेज प्रथा, बहुविवाह, बाल विवाह जस्ता समाजिक कुरितीहरुलाई न्युनीकरणतर्फ पनि जेसीजले अगाडि बढ्न आग्रह गर्दै विश्व प्रसिद्ध गढिमाई मेलाको व्यवस्थापन तथा सरसफाईमा पनि सहभागिता जनाउन समेत जोड दिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक विकास राज खनाल, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा, राजपा बाराका संयोजक महम्मद फिरोज, अन्जली इन्टरप्राइजेजका सञ्चालक अनिल साह, अतिथि जेसीजका पुर्व अध्यक्ष जेसी गंगा सागर कुशवाहा, निवर्तमान अध्यक्ष जेसी धनीलाल सोनार, कलैया उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष जटाशंकर सहनी तथा वडा नम्वर २ का अध्यक्ष तथा जेसीज सदस्य राजेश महतो, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सिकेन्द्र पासवान, संस्कार एफएमका राजेश कुशवाहा, नेकपाका युवा नेता मुकेश साह, समाजसेवी मोबारक अन्सारी, कासिम अन्सारी, टाफिक प्रहरीका प्रहरी नायब निरीक्षक दिपेन्द्र साह लगायत जेसीसका संस्थापक सदस्य जेसी अनिल कुशवाहा, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, कार्यकारीणी उपाध्यक्षद्वय जेसी निरमा चौधरी, जेसी संदीप बरै, कोषवृद्धी संयोजक जेसी पवन कुशवाहा, जेसीसका मानार्थ सदस्य वैजुदास, उपाध्यक्ष जेसी दिवाकर प्रसाद गुप्ता समेतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमको अध्यक्षता वर्ष २०१९का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाले गरे भने कार्यक्रम संयोजक तथा जेसीज उपाध्यक्ष जेसी शम्भु गुप्ताले गरेको मिडिया संयोजक जेसी विजय गिरीले जानकारी दिएका छन् ।