Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ असोज । सप्तरीको खड्क नगरपालिका–८ स्थित विसनपुर चोकमा विहिवार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जादैँ गरेको बा६८प ६८८७ र विपरित दिशाबाट आउँदै गरेको ज६प ५८५३ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सुरुङ्ग नगरपालिका–१ पिपराका २७ वर्षीय अरविन्द चौधरी र खडक नगरपालिका–६ विसनपुरका २८ वर्षीय मो.अनबारुल अन्सारीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि सिरहाको लहान स्थित राउ स्मारक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका सुरुङ्गा नगरपालिका–१ पिपराकै १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिषणपुरकै ४० वर्षीय मो. किसुधीनलाई उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।

Online Saptari

About The Author

%d bloggers like this: