Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जनबढी घाइते

दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जनबढी घाइते

राजविराज, २२ असोज । सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा मङ्गलवार राति दुई पक्षबीच कुटाकुट भएको छ ।
दुर्गा पूजाको कार्यक्रम चलिरहेको बेला युवाहरुबीच विवाद हुँदा कुटाकुट भएको हो । कुटपिटको क्रममा दुवै पक्षका एक दर्जनबढी युवाहरु घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको स्थानीय राजू जैसवालले जानकारी दिए। उनअनुसार कुटपिटमा परी गम्भिर घाइते भएका खेम बहादुर कार्की, प्रमोद कोइलारा, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुर स्थित युनिक अस्पतालमा आइसीयूमा राखि उपचार भईरहेको छ ।
अन्य धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादवको स्थानीय अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताए ।

About The Author