• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको शान्तिसुरक्षाप्रति मन्त्री साहको असन्तुष्टि

शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न निर्देशन
सप्तरीको शान्तिसुरक्षाप्रति मन्त्री साहको असन्तुष्टि

राजविराज, १७ असोज । प्रदेश नम्वर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाको शान्ति सुरक्षा सन्तोषजनक नरहेकोभन्दै प्रति थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायी संघ र सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा शुक्रवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनतालाई सुरक्षा दिन प्रहरी प्रशासनको दायित्व रहेको बताउँदै उनले भने ‘सप्तरी जिल्लाको शान्ति सुरक्षा सन्तोषजनक छैन, यसप्रति सुरक्षा संयन्त्र थप जिम्मेवार बन्नु आवश्यक छ ।’
जिल्लामा आउने मन्त्री वा उच्च पदस्थ पाहुनाहरु आउँदा प्रहरी गैरजिम्मेवार रुपमा प्रस्तुत हुने गरेको मन्त्री साहको आरोप थियो । राजविराजमा ट्राफिक व्यवस्थापन चुनौतीको रुपमा रहेको भन्दै यसलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा उनले जोड दिए ।
दशैंको बेला बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिँदै उनले दैनिक उपभोग्य सामग्रीका साथै अस्वस्थ्यकर खाद्यवस्तुको विक्री वितरण भईरहेको गुनासो आएकोले तत्काल सचेत हुनुपर्नेमा जोड दिए । मन्त्री साहले वर्तमान अवस्थामा समाजमा नकारात्मक सोच बढ्दै गएकोले त्यसलाई त्यागेर सकारात्मक सोचकासाथ अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँ, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले मन्तव्य व्यक्त गरे । कार्यक्रममा नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, सप्तरी जिल्ला बार एसोसिएसनका अध्यक्ष डोमन साह, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, नेकपाका प्रतिनिधी छेदी रजक, निर्माण व्यवसायी संघका महासचिव अमृत प्रसाद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरीले गरे ।