• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजयोग सेवा केन्द्रद्वारा शुभकामना आदान–प्रदान

राजयोग सेवा केन्द्रद्वारा शुभकामना आदान–प्रदान

राजविराज, १७ असोज । सप्तरीको राजबिराजमा ओम शान्तिको कार्यलायमा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।
बह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजकी ब्रहमाकुमारी दिदीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा २ की उपसभामुख उपमा कुमारी देवले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले सामाजिक एवम् एवम् सांस्कृतिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख कृष्ण प्रसाई, साहित्यकार करुणा झा, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यस अघि सेवा केन्द्रद्वारा राजविराजमा झाँकी सहितको र्याली निकालिएको थियो । र्यालीमा विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।