Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मटिगढामा पाँचौ पचशिल्ड फुटबल प्रतियोगिता शुरु

मटिगढामा पाँचौ पचशिल्ड फुटबल प्रतियोगिता शुरु
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र वजार, १७ असोज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–३ मटिगढामा पाँचौ पचशिल्ड फुटबल प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।
स्थानिय रामजानकी खेलमैदान आयोजित प्रतियोगिताको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । रामजानकी युवा क्लब मटिगढाद्वारा आयोजित उद्घाटन खेलमा वाईएफसी युवा कल्व शम्भुनाथ सप्तरीले जित हासिल गरेको छ ।
डिएफसी युवा क्लव उदयपुरलाई ट्राईवेकरमा पराजित गर्दै शम्भुनाथले जित सुनिश्चित गरेको छ । दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेकोे खेलमा निर्धारित समय अवधिभर १÷१ गोल गरि बराबरी भएको थियोे ।
प्रतियोगितामा राजदेवी युवा कल्व पडरिया राजविराज, डाँफे युवा क्लव फत्तेपुर, नव प्रभात युवा क्लव मुसहर्निया, नवयुवा क्लव लहर्निया, आरएफसी युवा क्लव राजविराज र आयोजक गरि आठवटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए ।

Online Saptari

About The Author

%d bloggers like this: