• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार देवलाई धम्की दिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

पत्रकार देवलाई धम्की दिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

राजविराज, १६ असोज । अनलाइनखबर डट कममा कार्यरत पत्रकार श्रवण कुमार देवलाई समाचारको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार श्रवणकुमार देवले समाचार लेखेकै कारण धम्की आएकोप्रति महासंघका अध्यक्ष जितेन्द्र खड्गाको आदेशानुसार सह–सचिव चन्दन यादवले प्रेस विज्ञप्ति जारी गरी कडा शब्दमा भत्र्सना गरेका छन् ।
समाजवादी पार्टी सप्तरीका केही नेताहरुबीच कुटाकुट भएको समाचार अनलाइनखबर डट कममा प्रकाशन गरेकै कारण समाजवादी पार्टीका जिल्ला इन्चार्ज सत्यनारायण यादवको छोरा दिपक यादवले फोन गरेर धम्की दिएको घटनाप्रति शाखा सप्तरीले गम्भीर आपत्ति जनाएका छन् । समाचारप्रति कसैलाई कुनै आपत्ति भएको खण्डमा त्यसको कानूनी प्रावधानहरु हुँदाहुँदै समाचार लेखेकै कारण देवलाई धम्की दिएको प्रति शाखा सप्तरीले घोर आपत्ति जनाउँदै दोषीलाई कानून बमोजिम कडा कारवाही गर्न जोडदार माग गरेको छ ।