Top_Header_Right_Add

सूचना प्रवाह र रेफरल प्रणाली सम्वन्धी नक्साङ्कन

सूचना प्रवाह र रेफरल प्रणाली सम्वन्धी नक्साङ्कन

राजविराज, १५ असोज । समुदायमा महिलाहरूको सेवामा पहुँच पुरयाउने उद्देश्यले सेवा नक्साकनको सूचना प्रवाह र रेफरल प्रणाली सम्बन्धी एक दिने अन्तरक्रिया बुधबार आयोजना गरियो ।
अक्सफामको सहयोगमा तथा कोशी पीडित समाज सप्तरीले आयोजना गरेको सेवा नक्साकंन सम्वन्धी कार्यक्रममा बाढी प्रभावित महिलाहरूलाई स्थानीयस्तरमा महिलाको सेवा पहुँचलाई सहज बनाउन उदेश्यले सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । हनुमाननगर कंकालिनी नगरपालिकालाई नमुनाको रूपमा जनताले पाउने सेवालाई सहज तथा महिला सशक्तिकरण र सवलीकरण बनाउन जनप्रतिनिधिहरूसँग सेवा नक्साङ्कन निर्माण गर्न लागेको कोशी पीडित समाजका निर्देशक देवनारायण यादवले बताए ।
अन्तरक्रिया कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाकी उप–प्रमुख सरिता यादवले सेवा नक्साङ्कनबाट नगरपालिका तथा वडा कार्यालयहरूबाट दिईने सेवाहरूको विषयमा सेवा नक्साङ्कनले आमजनसमुदायमा ठुलो सहयोग पुग्ने बताईन् । हनुमाननगर कंकालिनी नगरपालिकाले सेवा नक्साङ्कन प्रतिवेदनमा शान्ति सुरक्षा, विपद व्यवस्थापन सेवा, स्वास्थ सम्बन्धी सेवा, शिक्षा, पञ्जीकरण सम्बन्धी कार्य, सामुदायिक विकास कार्य, बचत तथा ऋण, सशस्त्र प्रहरी बल, व्यापार, डाक सेवा, बाल शिक्षा लगायतका सेवाहरू राखिएको छ ।
यसैगरी स्थानिय तह, वडा कार्यालय, नगरपालिका र नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरूले दिने सेवाहरूमा महिलाहरूको पहुँच नभएकाहरुलाई पहँुच पुर्याई महिलालाई सचेत बनाई सबल बनाउने उद्देश्यले जनप्रतिनिधिहरूसँग छलफल र सुझाव बमोजिम सेवा नक्साङ्कन बनाउने केभिएसका निर्देशक देवनारायण यादवले बताए । कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाकी उप–प्रमुख सरिता यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तिलक भारती, सशस्त्र प्रहरी नायव उपरिक्षक बद्रीनारायण चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ का अध्यक्ष भिमराज मण्डल, वडा नम्वर १४ का अध्यक्ष सत्यनारायण यादव, वडा नम्वर ७ का अध्यक्ष लक्ष्मी प्रसाद दास, वडा नम्वर २ का सन्तोष यादव, वडा नम्वर ६ का रामनारायण मण्डल, वडा नम्वर १० का श्रवण मण्डल, स्वास्थ्य शाखा अधिकृत अनिता चौधरी, केभिएसका प्रविण यादव लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा बाढी प्रभावित क्षेत्रमा हुने सामाजिक विकृति तथा यौन हिंसा हुने सम्भावनालाई निरूसाहित गर्न तथा बाढीको बेला अपनाउनुपर्ने सावधानीबारे नाटक समेत प्रस्तुत गरियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer