Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बाढीमा फँसिन् लोक गायिका शारदा सिन्हा

तत्काल उद्धारकालागि फेसबुकबाट याचना
बाढीमा फँसिन् लोक गायिका शारदा सिन्हा

राजविराज । भोजपुरी एवम् मैथिलीकी लोकप्रिय लोक गायिका शारदा सिन्हा बाढीका कारण भारतको पटना स्थित राजेन्द्रनगरमा आफ्नै घरमा फँसेकी छिन् ।
विगत केही दिनयताको निरन्तर वर्षा र बाढीका कारण उनको घरमा करिब पाँच फिट पानी जमेको हो । अचानक बाढीको पानी बस्ती पसेर जलमग्न हुनुका साथै घर समेत डुबानमा परेको भन्दै सहयोगकालागि सम्वद्ध पक्षसँग याचना गरेकी छिन् । उनका अनुसार एकाएक घरमा पानी पसेका कारण सामानहरुका साथै गाडी समेत डुबेको छ ।
घरमा अत्यधिक पानी रहेको हिडडुल गर्न तथा खाना पकाउन समेत समस्या भएको भन्दै गायिका सिन्हाले भनिन् ‘घरमै डुब्ने अवस्था छ, अहिलेसम्म कतैबाट कुनै सहयोग भएको छैन, उद्धारकालागि तत्काल पहल गर्न आग्रह गर्दछु ।’ उनको घरमा खानेपानीको समस्या भएको छ नै, विजुलीको मीटर समेत डुब्नै लागेको छ ।
घरमा दुर्गन्धित पसेको पानी पसेको पीडा पोख्दै उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन् ‘राजेन्द्र नगर में अपने घर में पानी में फसी हुई हूँ, मदद नही मिल पा रही है एनडिआरएफ की राफ्ट तक भी पहुँचना असंभव है, पानी महक रहा है, काश भारत में एयर लिफ्ट की सुविधा होती, कोई रास्ता हो तो बताएं ।’
लोक गायिका शारदा सिन्हा बस्दैआएको विहारको राजधानी पटना क्षेत्रको तल्लो भू–भाग विगत चार दिनदेखि बाढीको चपेटमा फँसेको छ । बाढीले गर्दा त्यसक्षेत्रको जनजीवन अति कष्टकर बन्न पुगेको छ । विजुली, यातायात तथा खानेपानीको समेत समस्या भएको छ ।
भारत सरकारबाट पद्मश्री पुरस्कारबाट सम्मानित लोकप्रिय लोकगायिका भारत तथा नेपालमा समेत शारदा सिन्हा सुप्रसिद्ध छिन् । उनीद्वारा स्वरवद्ध विवाह, मुण्डन, उपनयन, छठ सहित संस्कार गीतहरु अत्यधिक लोकप्रिय रहेको छ ।

भिडियो हेर्नुहोस्

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।