Top_Header_Right_Add

सुरक्षित यात्राकोलागि प्रहरीद्वारा चालकलाई रातो टिका

सुरक्षित यात्राकोलागि प्रहरीद्वारा चालकलाई रातो टिका

राजविराज, १३ असोज । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रम सोमवारदेखि थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा राजविराज नगरपालिका वडा नम्वर ७ स्थित गजेन्द्र नारायण चोकमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने महानुभावहरुको सुरक्षित यात्रालाई लक्षित गरी सडक दुर्घटना न्युनिकरण अभियानलाई सफल बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम थालिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायत लामो तथा छोटो दुरीका सवारीका चालक, परिचालक, यात्रुहरु, सञ्चारकर्मी, नागरिक समाज, समेतको सहभागितामा चालकहरुलाई टिका लगाएर सुरक्षित यात्राको शुभकामना दिँदै यात्रु तथा चालकहरुले पालना गर्नुपर्ने नियमसहितको पम्प्लेट वितरण गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।