• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकार यादव सम्मानित

राजविराज, ११ असोज । सप्तरी जागरण साप्ताहिक पत्रिकाका सम्पादक एवम् एभिन्यूज टेलिभिजनका वरिष्ठ सम्वाददाता वैद्यनाथ यादव शनिवार एक कार्यक्रमकाबीच सम्मानित भएका छन ।
नेपाल यादव सेवा समितिको रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार यादव सम्मानित भएका हुन् । नेपाल यादव सेवा समिति तथा राधाकृष्ण अतिथी सदनले को २३ औं साधारणसभामा आयोजित कार्यक्रममा यादवलाई ५ हजार नगदसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सम्मान पत्र प्रदान गरेका हुन् ।
सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मान प्रदान गर्दै मन्त्री यादवले जातीय अहंकारवाद त्यागेर समाज विकासमा लाग्न सवैमा अग्रह गरे ।