• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विद्यालयमा चोरीको प्रयास गर्ने दुई युवक पक्राउ

विद्यालयमा चोरीको प्रयास गर्ने दुई युवक पक्राउ

राजविराज, १० असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–११ स्थित जनता माध्यमिक विद्यालय खजनपुरमा चोरीको प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय दिपेश कुमार चौधरी र २० वर्षीय सुरेश कुमार चौधरी रहेका छन । दुवै जना मिलेर विद्यालयको मुल ढोका काटेर अफिसभित्रका सरसमान चोरीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अफिसभित्र रहेको एक–एक थान कम्प्युटर, प्रिन्टर, रोटर, जग र साउण्ड बक्स निकालेर विद्यालयबाट ५ सय मिटरको दुरीमा फालेको अवस्थामा भेटिएको थियो । सो समानमध्ये साउण्ड बक्स लगेपछि खोज तलाश गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको जनाएको छ ।