Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

किसानहरुको समस्याप्रति गम्भीर छौंः मन्त्री साह

किसानहरुको समस्याप्रति गम्भीर छौंः मन्त्री साह
Bwtech New Add With Software & Bull SMS

राजविराज, ९ असोज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानहरुको समस्या समाधान गर्न आफु कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
सप्तरीको राजविराज स्थित साह धर्मशालामा विहीबार समाजवादी पार्टी जिल्ला समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । किसानहरुलाई लक्षित गरी विभिन्न सुविधामूलक कार्यक्रमहरु ल्याएको बताउँदै उनले भने ‘सप्तरीसहित प्रदेश अन्तर्गतका जिल्लाहरुमा हामीले थुप्रै कार्यक्रमहरु ल्याएका छौं, त्यसको सही सदुपयोग गरी परिणाममुखि बनाउनु जरुरी छ ।’
किसानहरुको समस्यालाई आफुले गम्भीर रुपमा लिएको भन्दै सिंचाई, मलखाद्, आधुनिक उपकरण लगायतको व्यवस्थाहरु मिलाउन प्रयासरत रहेको बताए । किसानहरुकालागि प्रदेश सरकारले नै डेरी, कृषि सडक समेतका योजनाहरुबारे ल्याउन लागेको मन्त्री साहले जानकारी दिनुभयो ।
कार्यक्रममा सप्तरी क्षेत्र नम्वर १ का प्रतिनीधि सभा सदस्य डा. सुर्यनारायण यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए । पार्टीलाई मजबुत बनाउन सम्पूर्ण कार्यकर्ताहरु जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
समाजवादी पार्टीका मधेश प्रदेश मुख्य सचिव शम्भु झाले देशको वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी उदाएको भन्दै केही वर्षभित्रै यो ठूलो पार्टीको रुपमा स्थापित हुने बताए । राष्ट्रिय जनता पार्टी समाजवादी पार्टीमा मिल्नुको विकल्प नरहेको बताउँदै उनले भने ‘समयमै राजपाले एकता गरेर फलदायी हुने उनले बताए ।
पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु अनिरुद्ध प्रसाद सिंह, चितनारायण यादव, विनोद चौधरी, भीमराज यादव, सुमन चौधरी, रामगोबिन्द यादव, जगदेव यादव, प्रदेश सचिव दिनेश कुमार यादव, जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, प्रदेश सदस्य युसुफ अलि, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, खडक नगरपालिकाका मेयर हेमायु हक, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, प्रेस नेपालका केन्द्रीय सदस्य नविन नरसिंह नेपाली, नेपाल स्वास्थ्यकर्मी फोरमका प्रदेश उपाध्यक्ष कमल यादव, शिक्षक संघका जिल्ला अध्यक्ष श्याम यादव, रामाकान्त यादव, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष सञ्जय यादव, मीरा यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन चितरञ्जन यादवले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: