Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजविराजमा अव्यवस्थित रुपमा मासु पसल सञ्चालन

उपभोक्ताको स्वास्थमाथि खेलवाड हुँदा पनि अनुगमन गर्ने निकाय मौन
राजविराजमा अव्यवस्थित रुपमा मासु पसल सञ्चालन
Bwtech New Add With Software & Bull SMS

राजविराज, ७ असोज । चाडपर्व नजिकिएसँगै सप्तरी सदरमुकाम राजविराजको विभिन्न ठाउँमा अव्यवस्थित ढंगले यत्रतत्र मासु विक्री गर्न थालिएको छ ।
बजार अनुगमन गर्नेतर्फ नगरपालिकासहितका सम्वन्धित कार्यालयले ध्यान नदिदाँ अव्यवस्थित ढंगले यत्रतत्र मासु विक्री गर्न थालिएको हो । ‘नेता चौकदेखि पश्चिमतर्फ सडक छेउमै तीन ठाउँमा खशी, बाख्रा काटेर मासु विक्री गरिरहेका छन्, त्यहाँ आसपास फोहोर नै फोहोर छ’ राजविराज–७ का सुनील यादवले भने–‘तर यसतर्फ नगरपालिकालगायत सम्वन्धि पक्षको नजरै गएको छैन् ।’
मासु विक्रेताले मासुको स्वास्थ्यताभन्दा पनि मासु बेचेर कमाउने मात्रै उद्देश्य राखेर मासु विक्री गरिरहेकाले उपभोक्ताको स्वास्थसँग खेलवाड भईरहेको राजविराज–१५ का गोसाई साहले बताए । ‘उपभोक्ताको स्वास्थसँग विक्रेताले खेलवाड गरकै हो, त्यसमा नगरपालिकाले पनि उनीहरुलाई सघाएको जस्तै देखियो ।’ उनले भने–‘नभए मुख्य बजारमै यसरी अव्यवस्थित ढंगले मासु विक्री भईरहदाँ पनि नगरपालिका किन चुप लागेर बसेको छ?’
उनले नगरपालिकाले बजार अनुगमन गर्न नसक्दा राजविराजका अधिकांश उपभोक्ताले गुणस्तरहीन र फोहर मासु उपभोग गरिरहेको गुनासो गरे । ‘फोहर ठाउँ र अव्यवस्थित मासु पसलका कारण उपभोक्ता गुणस्तरहीन फोहर मासु खान बाध्य छन्’ उनले भने–‘मासु खाने योग्य छ वा छैन भने विषयमा एक त उपभोक्तालाई जानकारी हुँदैन्, त्यसमाथि बजार अनुगमन छैन् ।’
राजविराज–१३ का चन्द्रदेव यादवले सदरमुकाम राजविराजसहित अधिकांश ठाउँमा खसी, बाख्रा, कुखुरा मापदण्ड विपरीत फोहर ठाउँमा राखेर खरिद विक्री भईरहेको छ । चाडपर्वको बेला झन धेरै प्रदूषित मासु बेच्नका लागि व्यापारी उद्धत रहेको स्थानीयहरु बताउँछन् ।
नगर प्रमुख शम्भुप्रसाद यादवले भने संयुक्त टोलीद्वारा बजार अनुगमन गर्न सम्वन्धित कार्यालयसँग समन्वय कार्य अघि बढाएको बताए । चाडपर्व लक्षित कडाईकासाथ अनुगमन गर्ने र मापदण्ड विपरित सञ्चालन गरिएको व्यापारलाई नियन्त्रण गरी व्यापारीलाई समेत तत्काल कारवाही हुन्छ, उनले भने ।

Online Saptari

About The Author

%d bloggers like this: