Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

जितिया पर्बको शाख जोगाउन थारु महिलाहरु अग्रसर

जितिया पर्बको शाख जोगाउन थारु महिलाहरु अग्रसर
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
बिरेन्द्र बजार, ४ असोज । बढ्दो आधुनिकतासँगै प्राचीन विशेषता लोप हुदै गएपछि जितिया पर्वको शाख बचाउने अभियानमा थारु महिलाहरूले अग्रसरता देखाएका छ्न ।
तडकभडक र देखासिकीले आफ्नो पहिचान र संस्कृति गुम्ने खतरा देखेपछि सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका थारु महिलाहरू जितिया पर्वको शाख कायम राख्न लागिपरेका हुन् । घरमै एक्लै नुहाएर चील र स्यालको पुजा गरि जितिया पर्व मनाउने थारु महिलाहरु नजिकैको पोखरीमा भेला भई समुहिक पुजा गरि जितिया पर्बको प्रारम्भ गरेका छन् ।
आफ्नो सन्तानको दिर्घायु र मङ्गलमयको कामना गर्दै स्थानीय झबरा ठाकुर दहमा चील र स्याललाई घेरौलाको पातमा पिना, माटो र घेरौलाकै फुल चढाउन ठूलो संख्यामा थारु महिलाहरू उपस्थिति भएका थिए । पुजामा सहभागी मध्येकी अग्निसाईर कृष्णासवरन २ कि शैलेन्द्री देवी चौधरीले मञ्चीय कार्यक्रमले जितिया पर्बको प्राचिन बिशेषता लोप हुँदै गएको बताईन ।
जितियाको महत्वलाई समुदायमा बुझाउदै गुम्न लागेको शाखलाई जिवित राख्न सामुहिक रुपले मनाउने अभियान शुरु गरेको उनले जानकारी गराईन । थारु समुदायको महिलाले जितिया पर्वलाई थप महत्वको साथ मनाउने पुजामा सहभागी थारु महिला सभा सप्तरीका अध्यक्ष संतोषी चौधरीले बताईन । व्रत बसेको समयमा जितबाहनको कथा सुन्ने अनिवार्यता रहेको उनले जानकारी दिईन ।
पानी खान नपाउने कठोर २४ घण्टा उपवास बसि धार्मिक बिधिपुर्बक मनाईने जितिया पर्व जिमुतवाहनको पुजा गरि बिर्सरजन गरिने गयादेबी चौधरीले बताईन् । आमाले जितिया पर्व गरेपछि सन्तानको दिर्घायु, अकालमा मृत्यु तथा भुत प्रेत आदीको संकटबाट बच्ने जनविश्वास रहेको छ । थारु समुदायमा जितिया पर्बमा दाजुभाइले दिदिबहिनीलाई घरमा आएर बोलाएर लग्ने परम्परा अनुसार थारु महिलाहरु माईत जाने गर्छन् ।

Online Saptari

About The Author

%d bloggers like this: