Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पाँच चित्रकार सार्क चित्रकला प्रदर्शनीकालागि माल्दिभ्स प्रस्थान

पाँच चित्रकार सार्क चित्रकला प्रदर्शनीकालागि माल्दिभ्स प्रस्थान
Bwtech New Add With Software & Bull SMS

काठमाडौं, असोज ४ गते । सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् ।
उक्त टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे सहभागी छन् । विपिनकुमार घिमिरे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव हुन् । घिमिरेले नै टोलीको नेतृत्व गरिरहेका छन् ।
सार्क सदस्य राष्ट्रमा प्रत्येक वर्ष हुने यो कार्यक्रम सार्क कल्चर सेन्टरले यो वर्ष माल्दिभ्स सरकारको सहयोगमा माल्दिभ्सको हुल्हुमाले सहरमा आयोजना गर्न लागेको छ । आइतबारदेखि बिहीबारसम्म अर्थात् सेप्टेम्बर २२ देखि २६ सम्म सार्क आर्ट क्याम्प तथा प्रदर्शनी सञ्चालन हुने चित्रकार रञ्जु यादवले जानकारी दिएकी छिन् ।
कार्यक्रममा रञ्जु यादवले मिथिला चित्र, सुन्दर सिंख्वालले पौभा चित्र, रिता मानन्धरले आधुनिक चित्र, टुकबहादुर थापा मगरले समसामयिक चित्र र विपिनकुमार घिमिरले अभिव्यक्तिवादी चित्र कोर्ने छन् । चित्रकारहरुको टोली अर्को शनिबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्यालयमा बिहीबार एक कार्यक्रम आयोजना गरी चित्रकारको टोलीलाई औपचारिक रुपमा बिदाई गरेको थियो । प्रतिष्ठानले खुल्ला दरखास्त आह्वान गरी सहभागी चित्रकारहरु छनौट गरेको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: