• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज नगरपालिकाको सरसफाईबारे अन्तरक्रिया

राजविराज नगरपालिकाको सरसफाईबारे अन्तरक्रिया

राजविराज, ४ असोज । विश्व सरसफाइ दिवस २०१९ को अवसरमा शनिवार राजविराज हटियामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरको विकासकालागि आफु प्रयासरत रहेको बताए । नगरपालिकाको विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै आफुले चाहेर पनि सरसफाई एवम् फोहोर मैला व्यवस्थापन कार्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको स्वीकार गरे ।
राजविराज नगरपालिकाकी उपमेयर साधना झाले नगरक्षेत्रको प्रमुख समस्याको रुपमा रहेको सरसफाई कार्यलाई थप व्यवस्थित गर्न आफु चिन्तित रहेको बताईन् । सरसफाईको क्षेत्रमा थप नयाँ योजनाकासाथ काम गर्न आफुहरु प्रयासरत रहेको उनको प्रतिवद्धता थियो ।
ग्रिन नेपाल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा राजविराज बजारको सफाइ प्रणाली विकसित गर्न नियमित क्रियाकलाप सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । ग्रिन नेपालका अध्यक्ष खेलानन्द कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, सेभ द सप्तरीका अध्यक्ष धु्रव देव, हलुवाई समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष शिव नारायण साह (सुरज), मनोहर कुमार पोखरेल, पत्रकार नवीन नरसिंह सिंह नेपाली लगायतले आ–आफ्नो धारणा राखे ।