Top_Header_Right_Add

न्युज टुडेका सम्पादक श्यामसुन्दर यादवलाई जनसेवा श्री पदक

न्युज टुडेका सम्पादक श्यामसुन्दर यादवलाई जनसेवा श्री पदक

राजविराज, ३ असोज । न्युज टुडे दैनिक एवम् अनलाइनका सम्पादक श्यामसुन्दर यादव राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदकद्वारा विभुषित हुने भएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रवार सरकारले यादव लगायतकालाई विविध मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको हो । सप्तरीलाई कार्यक्षेत्र बनाएर झण्डै दुई दशकदेखि यादव पत्रकारिता गर्दै आएका उनलाई जनसेवा श्री राष्ट्रिय सम्मान एवम् विभुषणबाट सम्मानित गर्ने घोषणा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीसहितका विशिष्ठ योगदान पुर्याउने व्यक्तिहरुलाई संविधान दिवसको अवसर पारेर मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन् ।
ग्रामिणमुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका यादव २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट पत्रकारितातर्फ आर्कषित भएका छन् । कम्प्याक्ट कम्यूनिकेशन प्रालिबाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालदेखि पत्रकारिता पेशामा प्रवेश गरेका उनी सोही प्रालिका न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सप्तरीको तत्कालिन जमुनी मधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ छपकी भथौल निवासी यादव सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै विभिन्न रेडियोहरुबाट पनि समाजिक रुपान्तर सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । मैथिली भाषा, साहित्यक, कला, संस्कृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले उजागर गर्दै आएका छन् । मैथिली साहित्य परिषद्का सचिव समेत रहेका पत्रकार यादव संघीय प्रेस फोरमका प्रदेश २ अध्यक्ष समेत हुन् ।
साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा समेत सक्रिय रहेका यादवको हाम्रो सप्तरी र हाम्रो सप्तरीको दोश्रो संस्करण तथा छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित छन् । मैथिली भाषाका विभिन्न आधा दर्जन म्यूजिक भिडिओहरुमा गीत रचना गरेका यादवको पथिक कविता संग्रह, तेस्रो मधेश आन्दोलन, पत्र मंजुषा सहितका पुस्तकहरु प्रकाशनको क्रममा रहेको छ ।
यस अतिरिक्त छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित डेढ दर्जन वृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् । पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार, राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३, सभामुख कृष्णबहादुर महराबाट हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारीता पुरस्कार, उत्कृष्ट समाचार सम्प्रेशन वापत अमेरिका मधेशी समाजद्वारा सम्मान लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।
सम्पादक यादव नेपाल टेलिभिजनको सप्तरी संवाददाताका रुपमा समेत एक दशकदेखि कार्यरत छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer