Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजपा सप्तरीद्वारा मनाईयो कालो दिवस

सरकारी कार्यालयमा कालो झण्डा, कोणसभा र ब्ल्याक आउट
राजपा सप्तरीद्वारा मनाईयो कालो दिवस

राजविराज, ३ असोज । संविधान जारी भएको दिनलाई राष्ट्रिय जनता पार्टीले सप्तरीमा समेत शुक्रवार कालो दिवस मनाएका छन् ।
राजपाका नेता तथा कार्यकर्ताहरुले विहानैदेखि विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन् । उनीहरुले राजविराज स्थित सरकारी कार्यालयहरुमा कालो झन्डा गाडिएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण सहितका कार्यालयहरुमा कालो झण्डा झुण्ड्याएका छन् । त्यस क्रममा प्रहरीले आन्दोलनकारीहरुलाई अवरोध पुर्याएपछि समान्य तनाव उत्पन्न भएको थियो । राजपाका नेता तथा कार्यकर्ताहरुको समूहले कालो झण्डा गाडे पनि केही बेरमै प्रहरीहरुले हटाएका थिए ।
कार्यक्रममा राजपाका महासचिव एवम् प्रदेश मनिष कुमार सुमन, सह महासचिव गजेन्द्र कुमार मण्डल, प्रदेश सांसद नेत्र विक्रम साह, राजपा केन्द्रिय सदस्यहरु दिनेश यादव, दिपेन्द्र चौधरी, पूनम यादव, विनोद यादव, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, नरेन्द्र यादव, निरज मुक्ति, अमरनाथ झा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
यसैगरी उनीहरुले शुक्रवार नै राजविराजमा कोणसभाको आयोजना गरेका छन् भने साँझ ७ बजेदेखि ७.१५ बजेसम्म ब्ल्याकआउट गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।