• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मूर्ती सेलाउने क्रममा सप्तरीमा एक यूवाको मृत्यु

मूर्ती सेलाउने क्रममा सप्तरीमा एक यूवाको मृत्यु

राजविराज, ३ असोज । विश्वकर्माको मूर्ती सेलाउने क्रममा आज सप्तरीमा शुक्रवार यूवकको डुबेर मुत्यु भएको छ ।
विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ती सेलाउने क्रममा २२ वर्षिय मनिष कुमार यादवको मृत्यु भएको हो । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्वर–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएका थिए ।
डेरीमा बनाईएको मूर्ती पूजाआजा पश्चात सेलाउने क्रममा उनी विहीबार साँझ वेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी स्थानीय वासिन्दा समेतको सहयोगमा उनको शव शुक्रवार विहान फेला पारिएको हो । शव पानीबाट निकालेर पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पठाईएको छ ।