• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

छपकी टोलमा महालक्ष्मी दूध सहकारी संस्था सञ्चालन

छपकी टोलमा महालक्ष्मी दूध सहकारी संस्था सञ्चालन

बिरेन्द्र बजार, २ असोज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर– ५ स्थित छपकी टोलमा बिहीवार महालक्ष्मी दूध सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ । सहकारीद्वारा छपकी टोलमा आयोजित एक समारोहका बीच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले सहकारी संस्थाको उद्घाटन गरेका हुन् । सहकारी संस्थाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कृषकलाई लक्षित गरि शुरु गरेको सहकारी संस्थाले गाउँपालिकाको विकास र समृद्विमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
निर्वाहमुखी पशुपालनले किसानको दिनचर्यामा परिवर्तन आउन नसक्ने बताउँदै प्रमुख अतिथी चौधरीले व्यावसयिक र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । युवाहरूको सक्रियतामा रोजगारमुखी योजना सहित सहकारी सञ्चालन गरेकोमा प्रसंशा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाद्वारा प्राथमिकताको साथ सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादवले वडामा सहकारी संस्था सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गर्दै सहकारी सञ्चालनमा आवश्यक उपकरण सहित सबै प्रकारले सहयोग गर्न तत्पर रहेको बताए । सहकारी संस्थाका अध्यक्ष देवकान्त मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार बृजमान तामाङ, समाजसेवी युगेश्वर प्रसाद यादव, शिक्षक देवराम यादव, आदर्श कृषक समुहका अध्यक्ष चन्द्र नारायण मेहता, ईद्रिस मियाँ लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँमै दूध संकलन गरेर पशुपालक किसानहरुलाई दूध बेच्न सहज भएको बताए ।
शेयर सदस्य मनोज कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत रामनारायण यादवले गरे । कार्यक्रममा पहिलो चरणमा दूध दिने २ दर्जन कृषकलाई गम्छा र माला लगाएर अध्यक्ष चौधरीले सम्मान समेत गरेका छन् ।