• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिली साहित्य परिषद्को निर्वाचन बाल मन्दिरमा हुने

मैथिली साहित्य परिषद्को निर्वाचन बाल मन्दिरमा हुने

राजविराज, २ असोज । देशकै अति पुरानो साहित्यिक संस्थाहरुमध्येको एक मैथिली साहित्य परिषद् राजविराजको नयाँ कार्य समिति चयन गर्नकालागि मतदान केन्द्र चयन गरेको छ ।
आगामी ११ गते हुन लागेको मतदानकालागि राजविराज स्थित बाल मन्दिरलाई मतदान केन्द्र तोकिएको हो । निर्वाचन समितिको विहीबार बसेको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको समितिका संयोजक नथुनी दासले जानकारी दिएका छन् ।
उनका अनुसार यस अघि मतदान स्थलको रुपमा केशो अनिरुद्धवती माध्यमिक विद्यालयलाई तोकिएको थियो । यद्यपी उक्त विद्यालयमा सोही शिक्षक लाइसेन्सको परीक्षा राखिएकोले बाध्य भएर वैकल्पिक सुरक्षित स्थानको रुपमा बाल मन्दिरलाई चयन गरिएको छ ।
दुई छुट्टा–छप्यानलबाट नयाँ कासमितिकालागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा सतिशकुमार दत्त र प्रा. डा. रामखेलावन यादवले प्यानलसहितको उम्मेदवारी दिएका छन् ।
दत्तको प्यानलबाट उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजितकुमार ठाकुर, उप सचिवमा पंकजकुमार झा र कोषाध्यक्षमा रामअधिन साहको उम्मेदवारी परेको छ । यसैगरी सदस्यहरुमा चन्दनकुमार यादव, विद्यानन्द राम, मिथिलेशकुमार यादव, भुपेशकुमार भुप, ध्रुवकुमार मण्डल र जीवछ दास चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
यसैगरी डा. यादवको प्यानलबाट उपाध्यक्षमा भीमशंकर देव, सचिवमा अजयकुमार झा, उप सचिवमा दिनेशकुमार साह र कोषाध्यक्षमा अमरकान्त झाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा भोगीलाल यादव, भुपेन्द्रनारायण मण्डल, दिव्यानन्द मिश्र, विद्या झा ‘डेजी’, वरुणकुमार कर्ण र मालती दास चुनावी प्रतिष्पर्धामा छन् ।
मैथिली साहित्य परिषद्मा कुल मतदाता संख्या ७६७ रहेका छन् । मतदान विहान ९ बजेदेखि ४ बजेसम्म हुने संयोजक दासले जानकारी दिएका छन् ।