• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एक हजार ७ सय ५० किलो पहेलो मटर बरामद

राजविराज, ३० भदौ । भारततर्फ लैजान तयारी अवस्थामा राखिएको १ हजार ७ सय ५० किलो पहेलो मटर सप्तरी प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुराका ३५ वर्षिय विनोद यादव, सोही ठाउँका ३८ वर्षिय हरि प्रसाद यादवको घरमा लुकाई छिपाई राखेको अवस्थामा मटर बरामद गरिएको हो । विषेश सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश बस्नेतको कमाण्डमा उक्त स्थानमा खटिएको टोलीले विनोद यादवको घरबाट पहेलो मटर २५ के.जी. को ३० बोरा र हरि प्रसाद यादवको घरबाट पहेलो मटर २५ के.जी., ४० बोरा गरी जम्मा ७० बोरा पहेलो मटर बरामद गरिएको थियो । बरामद गरिएको उक्त आवश्यक कार्वाहीकोलागि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।