• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय बाल दिवशको अवसरमा विभिन्न कार्यक्रम गरियो

राष्ट्रिय बाल दिवशको अवसरमा विभिन्न कार्यक्रम गरियो

राजविराज, २९ भदौ । सप्तरीमा पनि ५५ औं राष्ट्रिय बाल दिवशको अवसरमा आइतवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
निजी तथा सरकारी विद्यालयहरुले प्रभातफेरी, ¥याली, सचेतनामुलक अन्तरक्रिया र नाटक, खेलकुदको आयोजना गरी बाल दिवश मनाइएको हो । राजरिाज नगरपालिका वडा नम्वर ४ स्थित ह्यापील्याण्ड सेकेण्ड्री स्कुलले आयोजना गरेको प्रभातफेरी र ¥यालीले बजारको परिक्रममा गरेको छ ।
सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार मुल नाराका साथ प्रभातफेरी र ¥यालीको आयोजना गरिएको विद्यालयका उप–प्रधानाध्यापक नारायण बरालले बताए । यसैगरी, शम्भुनाथ नगरपालिकास्थित कठौनामा बालबालिकाहरुले नगरपालिका कार्यालयको सहयोग तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको सहजीकरणमा शम्भुनाथ नगर बाल क्लबले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
बालबालिकाहरुले चेतनामुलक नाटक, नृत्य, गित तथा खेलकुद लगायतका कार्यक्रम गरी बाल दिवस मनाएका हुन् ।
नगरपालिकाकी उपप्रमुख कबिता कुमारी सरदारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले बच्चा जन्मि सकेपछि शारिरीक, मानसिक, बौद्विक लगायत सबै किसिमको विकासमा सरोकारबालाहरु ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
सो अवसरमा म्युजिकल गेममा प्रथम, द्धितिय र तृतिय बालबालिकाहरुलाई पुरस्कार बितरण गर्नुको साथै नगर बाल सञ्जालका पुर्व सदस्यहरुलाई नगरउपप्रमुख सरदार र श्रीपुरार्जका अध्यक्ष चौधरी लगायतले सम्मान गरे ।