• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीको खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा

सप्तरीको खडक नगरपालिका शतप्रतिशत विद्यालय भर्ना घोषणा

वृजमान तामाङ
विरेन्द्र वजार, २९ भदौ । सप्तरीको खडक नगरपालिकालाई आइतवार एक समारोहका बीच शतप्रतिशात विद्यालय भर्ना घोषणा गरिएको छ ।
नगरपालिकाले आयोजना गरेको समारोहमा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शतप्रतिशत विद्यालय भर्ना घोषणा गरेका हुन । समारोहमा मन्त्री साहले विद्यालय भर्ना कार्यक्रमले प्रदेश सरकारको शिक्षामा सबैको पहुँच गराउने योजनालाई पनि सघाउ पुगेको बताए ।
उनले प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि साईकल वितरण, छोरी विमासहितका कार्यक्रम अगाडि सारेको प्रष्ट पारे । उनले प्रदेश सरकारले महिलालाई समानअवसर र अधिकारका लागि हरेक निकायमा ५० प्रतिशत आरक्षण दिएको उल्लेख गर्दै यसले महिलाको शिक्षामा थप पहुँच पुग्ने बताए ।
खडक नगरपालिकाका प्रमुख हेमायु हकको अध्यक्षतामा आयोजित समारोहमा समारोहमा बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव, उप प्रमुख यास्मिन सुल्तान खातुन, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम अधिकृत खिलानाथ निरौला, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश कुमार यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका छन ।
वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरीले संचालन गरेको समारोहमा प्रमुख प्रशासकीय अधिकृत ईन्द्रदेव यादवले स्वागत तथा नगरपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र पौडेलले प्रतिवेदन प्रस्तुत गरे । सोही समारोहमा मन्त्री साहले नगरपालिकाभरिका १४ वटा विद्यालयका कक्षा ८ मा अध्यानरत ३ सय ८२ जना छात्राहरुलाई साईकल वितरण समेत गरे ।