• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागुऔषधसहित भारतीय नागरिक पक्राउ

राजविराज, २९ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित मलहनियाबाट लागुऔषधसहित शनिवार साँझ एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको टोली लागूऔषधसहित भारत विहार राज्यका ४७ वर्षीय दयाशंकर साहलाई पक्राउ गरेको हो । को१६प ९१७४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा साहको साथबाट लागुऔषध बरामद भएको छ ।
साहले शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा लिगेसिल, डाईजाल्याव र फेनारगन ३०–३० थान उक्त लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । साहमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।