• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सखी बहिनपा मिथिलानी समूहद्वारा जितिया महोत्सव

सखी बहिनपा मिथिलानी समूहद्वारा जितिया महोत्सव

राजविराज, २८ भदौ । जितिया पर्वको अवसर पारेर राजविराजमा पहिलो पटक मैथिल महिलाहरुले भव्यताका साथ मनाएका छन् ।
सखी बहिनपा मिथिलानी समूहद्वारा शुक्रवार राजविराजमा जितिया महोत्सवको आयोजना गरिएको हो । उक्त अवसरमा जितिया पर्व मनाउने महिलाहरूले जितिया पर्वको बिशेषता, मैथिली लोकगीत, संस्कृतिको उत्थान तथा विकासको विषयमा मन्तव्य व्यक्त गरे । उक्त अवसरमा पूर्व सांसद रञ्जु ठाकुरले महिला दिदी बहिनीहरूकोलागि जितिया महत्वपूर्ण पर्व रहेकोले यसको उत्थान, संरक्षण सम्वद्र्धन एवम् विस्तारिकरण हुनुपर्नेमा उनले जोड दिईन् ।
राजबिराज नगरपालिकाकी उपमेयर साधना झाले जितिया पर्व महिलादिदी बहिनीहरूकोलागि कठोर पर्व भएको भन्दै पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरी भव्य एवम् थप मनोरञ्जनात्मक बनाउनुपर्नेमा जोड दिए । जितिया पर्वले पति एवम् छोराछोरीको दिर्घायुको कामना गर्दै एक दिन अगाडि माछा, कोदो र त्यसको भोली पल्ट बिहान ४ बजे जितमहान देउतालाई पूजाआजा गरी औटघनमा दही, च्युरा, मिठाई खाने गरिन्छ । तत्पश्चात महिलाहरुले निर्जल, निराहार भई जितमहानको दुई दिनसम्म उपासना गर्ने गरिन्छ ।
उक्त अवसरमा सखी बहिनपा मिथिलानी समूहकी सदस्य रश्मि झाले मधेशी, मिथिलानीको महत्वपूर्ण पर्व जितिया भएकोले यसलाई लोप हुन नदिन जितिया महोत्सव आयोजना गरिएको थियो । सखी बहिनपा मिथिलानी समूहकी अध्यक्ष आरती झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादव, सहसचिव चन्दन यादव, पुर्व शिक्षिका बच्ची मिश्रा, नायिका डोली सरकार, गायिका अन्जु यादव, पूनम ठाकुर, किरण झा, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी रजक लगायतको विशेष उपस्थिति थियो ।
सोही समारोहमा सप्तरीकी पुर्व शिक्षिका बच्ची मिश्रालाई सम्मान गरिएको छ । कार्यक्रममा विजयी हुने महिलाहरुलाई पुरस्कार समेत वितरण गरियो । कार्यक्रम सञ्चालन करूणा झाले गरेकी थिईन् ।