Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजविराजमा महा–एक्सचेन्ज मेला, थोत्रा मोटरसाइकल पनि एक्सचेन्ज हुने

राजविराजमा महा–एक्सचेन्ज मेला, थोत्रा मोटरसाइकल पनि एक्सचेन्ज हुने
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ भदौ । खान अटो मोवाइल एण्ड इलेक्ट्रोनिक्सले राजविराजमा महा–एक्सचेन्ज मेला गर्ने भएको छ । अटो मोवाइलका सञ्चालक कलिम खानले शनिवार पत्रकार सम्मेलन गर्दै बजाज कम्पनीको मोटरसाइकल सवैको पहुँचमा पुर्याउने उद्देश्यले महा–एक्सचेन्ज मेला गर्न लागिएको जानकारी गराए ।
आफ्नै नामको ब्लुबुक भएको जस्तोसुकै अवस्थाको कुनैपनि कम्पनीको पुरानो तथा थोत्रा मोटरसाइकलको उचित मुल्याङ्कनको आधारमा एक्सचेन्ज गर्ने तथा ती मोटरसाइकलको कम्तिमा ३० हजार रुपैयाँ मुल्याङ्कन गरिने विशेष योजनासहितको महा–एक्सचेन्ज मेला लागिएको उनले बताए ।
मेलामा नयाँ मोटरसाइकल खरिद तथा एक्सचेन्ज गर्ने ग्राहकलाई हेलिमेट, मोटरसाइकल कभर, ल्यापटप ब्याग र लेग गार्ड सित्तैमा उपलब्ध गराउने सञ्चालक खानले जानकारी दिए ।

मेला अवधिमा बजाज कम्पनीको अन्य मोटरसाइकल सर्भिसिङ्गमा समेत लेवरचार्जमा ५० र मोविल खरिदमा १५ प्रतिशत छुट गरिने जनाएको छ ।

महा–एक्सचेन्ज मेला राजविराज स्थित खान अटो मोवाइल एण्ड इलेक्ट्रोनिक्समा भदौ ३१ देखि असोज ४ गतेसम्म रहने खानले बताए ।

सोहि पत्रकार सम्मेलनमा असोज ७ र ८ गते नेशनल सर्भिसिङ्ग क्याम्पको आयोजना गरिने जनाएको छ ।

बजाज कम्पनीले ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ योजना तहत मोटरसाइकल खरिद गर्नुअघि १० हजारदेखि १ लाख र खरिदपछि पनि सोही बराबरको रकम जित्नसक्ने योजना यसअघि नै ल्याईसकेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कम्पनी आवद्ध दिवश कडरिया, राजेन्द्र शर्मा, अमित थापा, कुन्दन भण्डारी, महेश्वर मण्डल, शंकर कुमार मण्डल लगायतको उपस्थिति थियो ।

Online Saptari

About The Author

%d bloggers like this: