• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महुली चौकीमा परिचयात्मक कार्यक्रम

राजविराज, २६ भदौ । सप्तरीको ईलाका प्रहरी कार्यालय महुलीद्वारा विहीबार परिचयात्मक कार्यक्रम आयोजना गरियो ।
नयाँ ईलाका ईञ्चार्जको रुपमा सरुवा भएर आएका प्रहरी नायव निरीक्षक प्रशान्त प्रसाद प्रसाईंको विशेष पहलमा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्बर ६ का अध्यक्ष कुशुम आचार्य, वडा ४ का अध्यक्ष तेजनारायण यादव, न्यायीक समितिका कार्यवाहक अध्यक्ष हिरासिंह दनुवार लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधी, पत्रकार, व्यापारी व्यवसायी, स्थानीय समाजसेवीहरु समेतको उपस्थिति थियो । कार्यक्रममा नव आगन्तुक ईलाका ईञ्चार्ज प्रसाईंलाई चोरी, हात्ती आतङ्क, अवैध काठ तस्करी, घरेलु मदिरा र लागुऔषध ओसार–पसार नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न सहभागीले सुझाव दिए ।