• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लौनियाँमा मोहर्रम मेला एवम् प्रतियोगिता सम्पन्न

लौनियाँमा मोहर्रम मेला एवम् प्रतियोगिता सम्पन्न

कमल कुमार मण्डल
लौनियाँ, २६ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहर्रमको अवसरमा मोहर्रम मुस्लिम युवा समिति, लौनियाँद्वारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ ।
स्थानिय समाजसेवी मो. नियामत मन्सुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो । मेलामा लाठी, फौरसा, तलवार र भालालगायतका हतियारहरुको माध्यमले खेल प्रदर्शन गरिएको थियो ।
खेल सञ्चालन गाउँपालिका प्रमुख सिंहले खेलाडीहरुसगँ लाठी भिडाएर मङ्गलवार सञ्चालन गरेका थिए भने बुधवार खेलाडीहरुलाई पुरस्कार बाँडेर सम्पन्न गरेका छन् । खेलाडीहरुको प्रशंसा गर्दै खेलाडीहरुलाई उत्साहित गर्न पुरस्कार वितरण गरेका हुन् ।
दुईदिने मेलामा बुधवार तीन समुहका खेलाडीहरुले १५ मिनेटको समयमा आ–आफ्नो खेल प्रदर्शन गरेको थियो । सप्तरीको हाटिका खेलाडीहरु प्रथम, लालापट्टीका खेलाडीहरु द्वितीय र लौनियाँका स्थानिय खेलाडीहरु तृतिय स्थान प्राप्त गरेका छन् । उक्त कार्यक्रमको सञ्चालन इशाक मन्सुरीले गरे ।