Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

तरुण दल सप्तरीको अध्यक्षमा सिता प्रसाद

तरुण दल सप्तरीको अध्यक्षमा सिता प्रसाद
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ भदौ । नेपाल तरुण दल केन्द्रीय समितिले सप्तरी जिल्ला कार्य समितिको अध्यक्षमा सिता प्रसाद यादवलाई अध्यक्षको जिम्मेवारी तोकेको छ ।
विगत तीन वर्षदेखि तरुण दलको जिल्ला कार्यसमितिमा उनलाई जिम्मेवारी दिईएको हो । तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नकालागि यादवलाई जिम्मेवारी तोकिएको महासचिव भूपेन्द्रजङ्ग शाहीद्वारा प्रेषित पत्रमा उल्लेख छ ।
सङ्गठनको मूल्य, मान्यता, विधि, विधान र आदर्शलाई ध्यानमा राखी नेपाली कांग्रेस पार्टी एवम् तरुण दलका साथीहरुसँग समन्वय गरी सङ्गठनको सम्पूर्ण गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै उक्त पत्रमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरीलाई समेत बोधार्थ दिईएको छ ।
अध्यक्षको जिम्मेवारी पाएका यादव विगत एक दशकदेखि राजनीतिमा सक्रिय रहँदैआएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: