Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कार्यालय र बजारमा निगरानी गर्न सीसी क्यामेरा जडान

कार्यालय र बजारमा निगरानी गर्न सीसी क्यामेरा जडान
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र वजार, २६ भदौ । कार्यालयको सेवा प्रवाह थप प्रभावकारी बनाउन र बजारमा समेत निगरानी गर्ने उद्देश्यले सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिकाले प्रविधिमैत्री कार्यलाई विस्तार गरेको छ ।
सो कार्य अन्तर्गत गाउँपालिका कार्यालय र बजारमा पीटिजी सीसी क्यामेरा जडान गरेको हो । ‘कार्यालयको कामकाज चुस्त दुरुस्त र सेवाग्राहीले समान रुपले सेवा पाउन सकुँन’ गाउँपालिका अध्यक्ष परशुराम चौधरीले भने–‘साथै मुख्य बजारसहित गाउँपालिकाभर पूर्व पश्चिम राजमार्गमा निगरानी गर्न सुरक्षा योजना तहत सीसीटिभी जडान गरे ।’
उनले मोहुली चौक, विशाल चौक, सितापुर बजार लगायतका स्थानमा सिसिटिभी जडान गरिएको बताए । हाईवेका गतिविधि पनि सजिलोसँग अवलोकन हुने र नकारात्मक गतिविधिलाई नियन्त्रण गर्न यसले सहज हुने अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले गाउँपालिकाभरिका विद्यालयहरुमा पनि विद्युतीय हाजिरी अनिवार्य गरी कर्मचारी र शिक्षकहरुलाई उपस्थितीको आधारमा तलब उपलब्ध गराउँदै जानकारी गराए । उनले प्रविधिमैत्री गाउँपालिका बनाउने योजना तहत नै सवै चौकमा फ्री वाईफाईको जडान गर्ने योजना रहेको बताए ।

Online Saptari

About The Author

%d bloggers like this: