राजविराज, २६ भदौ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित बुधवार साँझ आगलागी हुँदा ६६ हजारभन्दा बढी रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ ।
स्थानीय सुरेश प्रसाद यादवको घरमा डेरामा लिएर बस्दै आएका कैलालीको नारायणपुर गाउँपालिका–७ का ३८ वर्षीय सोवन परियारको कोठमा आगलागी भएको हो । अचानक विद्युत तार सर्ट भएर फैलिएको आगोले कोठामा रहेको ६६ हजार २ सय रुपैयाँ, लत्ताकपडा, फ्रिज सहितका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जनाएको छ ।