Top_Header_Right_Add

राजविराजमा लक्ष्मी बैंकको शाखा

राजविराजमा लक्ष्मी बैंकको शाखा

राजविराज, २५ भदौ । सप्तरीको राजविराजमा बुधवार लक्ष्मी बैंकको १ सय १३ औं शाखा सञ्चालनमा आएको छ । रिटेल बैकिङ्ग सेवा, लकर सेवासहित साना तथा लघु व्यवसायीहरुकालागि वित्तीय पहुँच पर्याउने लक्ष्यका साथ शाखा सञ्चालनमा आएको हो ।
राजविराज शाखासँगै ४८ वटा जिल्लामा १ सय १३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ३७ एटिएम, २ हजार ५ सयबढि रेमिटेन्स् एजेन्ट र ५८ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको शाखाका प्रबन्धक अमिक कुमार कर्णले बताए ।

About The Author