Top_Header_Right_Add

८९ हजार रुपैयाँको वेवारिसे सामान बरामद

८९ हजार रुपैयाँको वेवारिसे सामान बरामद

राजविराज, २५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरबाट प्रहरीले बुधवार ८९ हजार रुपैयाँ बराबरको सरसमान बरामद गरेको छ ।
भारदहबाट फत्तेपुरतर्फ गईरहेको को१ख ३५१२ नम्वरको यात्रुवाहक बसबाट वेवारिसे अवस्थामा उक्त सरसमान बरामद गरेको हो । चेकजाँचको क्रममा प्लाष्टिकको बोरामा वेवारिसे भेटिएको ४५ थान सानो साइजको भेष्ट र १ सय २२ थान ठुलो साइजको भेष्ट बरामद गरिएको इलाका प्रहरी कञ्चनपुरले जनाएको छ । सवै सरसमान भन्सार कार्यालयमा वुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About The Author