Top_Header_Right_Add

हाडजोर्नी तथा नशाका १ सय ४७ विरामीको उपचार

हाडजोर्नी तथा नशाका १ सय ४७ विरामीको उपचार

राजविराज, २५ भदौ । धनराजकला अर्थो न्यूरो हेल्थ होम प्रालिले राजविराज स्थित हिमालय टोलमा आयोजना गरेको हाडजोर्नी तथा नशा सम्वन्धि शिविरमा १ सय ४७ जना विरामीको उपचार गरेको छ ।
विश्व फिजियोथेरापी दिवश तथा आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा प्रालिले शिविरको आयोजना गरेको हो । भदौ २२ देखि ३१ गतेसम्मको लागि आयोजना गरिएको शिविरमा हालसम्म भौतिक चिकित्सा अल्ट्रासाउण्डथेरापी विधिबाट १ सय २५, हाडजोनी तथा वाथरोगी १५ र नशा च्यालिएका तथा प्यारालाइसिसका ७ जना विरामीलाई उपचार गरिएको आयोजक रेणु ठाकुरले जानकारी दिइन ।
शिविरमा नशा तथा हाडजोर्नी सम्वन्धि वरिष्ठ भौतिक चिकित्सक डा.गणेश शर्मा, डा.अजय अनल र डा. विद्या नारायण यादवले उपचार सेवा दिइरहेको जनाएको छ ।

About The Author