Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रदेशको नाम मधेश प्रदेश हुने मन्त्री साहको उद्घोष

प्रदेशको नाम मधेश प्रदेश हुने मन्त्री साहको उद्घोष
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र बजार, २४ भदौ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले यस प्रदेशको नाम मधेश प्रदेश हुने उद्घोष गरेका छन ।
सप्तरीको राम दयाल मावि कचनदाहाका छात्राहरूलाई मङ्गलवार साईकल वितरण कार्यक्रममा उनले यस्तो उद्घोष गरेका हुन् । मधेश प्रदेश नाम नै आम जनताको माग रहेको उल्लेख गर्दै मन्त्री साहले जनादेशको मागअनुसार प्रदेशको नाम मधेस घोषणा गर्न सरकार अघि बढेको बताए ।
‘सत्तारुढ दल नामांकन गर्ने सबालमा एकमत छ’ उनले भने–‘अब दुई–चार दिनभित्र नाम र राजधानी टुङ्गो लाग्छ ।’ कार्यक्रममा उनले महिला शिक्षित नभएसम्म प्रदेश समृद्धि नहुने दावी समेत गरे । महिलाको शिक्षामा सहज पहुँच होस भन्ने लक्ष्य राखेर सरकारले ‘बेटि पढाउ, बेटि बचाउ’ कार्यक्रम ल्याएको बताउदै मन्त्री साहले छोरीहरुलाई प्रोत्साहन गर्न साईकल वितरणसँगै महिला सशक्तीकरण तथा महिलामैत्री योजनालाई अगाडि सारेको स्पष्ट गरे ।
कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य मोहम्मद समिमले मावि कचनदाहाको पुर्वाधार विकासका लागि आफ्नो सांसदिय बिकास कार्यक्रमबाट सहयोग गर्ने प्रतिवद्ध बताए । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य दिनेश यादवले प्रदेश सरकारद्वारा अघि सारेको महिला सशक्तीकरण कार्यक्रमलाई सफल पर्न स्थानीय सरकारले पनि सहकार्य गर्नुपर्नेमा जोड दिए ।
समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले प्रदेश २ सरकारको ‘बेटि पढाउ, बेटि बचाउ’ कार्यक्रम समुदायमा लोकप्रिय भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनाथ साहको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका दाता परिवारका तर्फबाट जगरनाथ मुन्धाडा, नेपाल कम्युनिष्ट पार्टीका नेता गणेशी चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सत्रुधन प्रसाद चौधरी, समाजवादी पार्टी शम्भुनाथ नगरका अध्यक्ष सरोज कुमार चौधरी लगायतकाले शुभकामना दिए ।
शिक्षकद्वय शिव नारायण चौधरी र उमेश भगतद्वारा संचालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिरेन्द्र गुप्ताले स्वागत गरे । कार्यक्रममा विद्यालयमा कक्षा ८ मा अध्ययरत ३२ जना छात्राहरुलाई मन्त्री साहले साईकल प्रदान गरे ।

Online Saptari

About The Author

%d bloggers like this: