• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राईसाइकल

अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राईसाइकल

राजविराज, २४ भदौ । सप्तरीको राजविराज नगरपालिकाका २८ जना अपाङ्गता भएका व्यक्तिका मङ्गलवार एक कार्यक्रमका बीच ह्वील चेयर र ट्राईसाइकल वितरण गरिएको छ ।
समावेश अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा उनीहरुलाई ह्वील चेयर र ट्राईसाइकल वितरण गरेको हो । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरको १६ वटै वडाका अपाङ्गता भएका २८ जनालाई ह्वील चेयर र ट्राईसाइकल वितरण गरिएको जनाएको छ ।
कार्यक्रममा सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, अभिभावक अपाङ्ग संघका अध्यक्ष जगदिश अर्याल, पुर्नस्थापना समाजका सुगम भट्टराई लगायतको उपस्थिती थियो ।