Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

शहिद परिवारकालागि रोजगारी, शिक्षा, जिविकोपार्जन योजना ल्याइनेः मन्त्री साह

शहिद परिवारकालागि रोजगारी, शिक्षा, जिविकोपार्जन योजना ल्याइनेः मन्त्री साह

राजविराज, २३ भदौ । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शहिदहरुको बलिदानीकै कारण देशमा संघीय शासन व्यवस्था आएको भन्दै यसलाई दिगो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर– १ भारदहस्थित वि.पी. स्मारक माध्यमिक विद्यालयमा सोमवार आयोजित शहिद रामकृष्ण राउतको चौथो स्मृति दिवस तथा छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख अतिथि साहले शहिदहरुको बलिदानले नै आएको संघीयतासँगै जनताले प्रत्यक्ष सुशासन र विकास पाएको बताए । मधेश आन्दोलनमा बलिदानी दिएका शहिद परिवारका लागि प्रदेश सरकारले आगामी दिनमा विभिन्न जिविकोपार्जनका लागि कार्यक्रम ल्याउने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरे ।
शहिदको बलिदानीले हालसम्म ठोस व्यवस्थापन हुन नसकेको र आगामी दिनमा प्रदेश सरकारले शहिद परिवारका लागि रोजगारी, शिक्षा लगायत जिविकोपार्जनकालागि योजना ल्याउने मन्त्री साहले बताए । शहिद रामकृष्ण राउतकी पत्नी सुदमिया देवी राउतको अध्यक्षतामा आयोजित स्मृति सभा तथा छात्रवृत्ति कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जगदेव यादव, महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, समाजवादी पार्टी नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर संयोजक विरेन्द्र माझी, वडा नम्बर १ का वडाध्यक्ष भिमराज मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव जितेन्द्र कुमार झा, कंकालिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक जगदिश यादव लगायतले शहिद रामकृष्ण राउतको व्यक्तित्व एवम् योगदानबारे चर्चा गरे ।
कार्यक्रममा स्थानीय वि.पी. स्मारक मावि भारदहका छात्रा सुधा कुमारी र कंकालिनी माध्यमिक विद्यालय पोर्ताहाका छात्र जयप्रकाश कुमार मण्डलले एसईई परीक्षा २०७५ मा उत्कृष्ट अंक ल्याए वापत नगद २ हजार सहित प्रसंशा पत्र प्रमुख अतिथि मन्त्री साहले प्रदान गरे । कार्यक्रमको सञ्चालन विनोद रजकले गरे भने स्वागत मन्तव्य प्रभानन्द मण्डलले गरे । कार्यक्रम सञ्चालन विनोद रजकले गरे भने स्वागत मन्तव्य प्रभानन्द मण्डलले गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।