• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अपराध न्यूनिकरणमा सप्तरी प्रहरी थप सक्रिय

राजविराज, २३ भदौ । अपराध न्यूनिकरण, लागु औषध, चोरीतस्करी नियन्त्रण तथा शान्ति सुरक्षा थप चुस्तदुरुस्त बनाउन सप्तरी प्रहरीले थप सक्रिय भएका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट पाँच दिन अघि मात्र सरुवा भएर आएका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको निर्देशनमा जिल्ला प्रहरी थप सक्रिय भएका हुन् । सप्तरी प्रहरीको कमाण्ड सम्हाले लगत्तै उनले जिल्ला स्थित सरोकारवाला निकायका व्यक्तिहरुसँग परिचयात्मक कार्यक्रम गर्दै जिल्लाको वस्तुस्थितिबारे जानकारी लिँदै उनी तथा मातहतका युनिटहरु सक्रियताकासाथ अगाडि बढेका हुन् ।
आइतवार मात्रै उनी जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपाने समेतको टोलीले ईलाका प्रहरी कार्यालय कडरवोना, प्रहरी चौकी धाती, प्रहरी चौकी बेल्ही, प्रहरी चौकी मौवाही बेल्ही र प्रहरी चौकी रामनगर समेतको निरीक्षण तथा अनुगमन गरेका छन् ।
प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई आवश्यक निर्देशन दिँदै स्थानीय नागरीक समाज, समाजसेवी ,बुद्धिजिवि, राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, लैङ्गिक हिंसा नियन्त्रण समिति र समुदाय प्रहरी समितिका पदाधिकारीहरूसँग समसामयिक बिषयमा परिचयात्मक तथा अन्तरकृया कार्यक्रम समेत गरिएको छ । सिमा नाका बेल्ही र रामनगरमा रहेको सिमा स्तम्भ समेतको निरीक्षण तथा अवलोकन गर्दै सिमानाकामा थप कडाई गर्ने रणनीति अख्तियार गरेको जनाईएको छ ।
यसैक्रममा गाँजा फडानी गर्ने कार्यलाई मातहतका युनिटहरुले सोमवारैदेखि अगाडि बडाएका छन् । यसैक्रममा डाक्नेश्वरी नगरपालिका वडा नम्वर ९ स्थित मेहता र मण्डल टोलमा २० घर धुरीहरुको आँगनमा रहेको सानो ठूलो गरी २ सय ६० बोट अवैध गाँजा सुरक्षा बेस क्याम्प पत्थरगाढाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले नष्ट गरेको छ ।
यसैगरी सप्तरी जिल्लामा आत्महत्याका घटनाहरु अत्यधिक हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनिकरण आफुहरु गम्भीर रहेको उनले बताए । उनका अनुसार विश्व आत्महत्या रोकथाम दिवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारणा अनुरुप ‘आत्महत्या रोकथाम’ सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रमत कार्यक्रम मङ्गलवार राजविराज स्थित शिव मन्दिर प्राङ्गणमा आयोजना हुन गईरहेको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिएका छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्ने पहिलो दायित्व प्रहरीको रहेकोले सोही अनुसार सप्तरी प्रहरी अगाडि बढेको उनले बताए । अपराधिक गतिविधिमा संलग्न व्यक्ति वा संगठनलाई कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने भन्दै अब कुनै पनि बहानामा दोषीहरु धेरै दिन उम्किन नपाउने प्रहरी उपरीक्षक प्रसाईंले प्रतिवद्धता व्यक्त गरे ।
विभिन्न अपराधका घटनाहरु लागु औषधकै कारणले पनि बढीरहेको पाईएकोले त्यसलाई न्युनिकरण गर्न आफुहरु विशेष रणनीतिका साथ अगाडि बढेको उनले ‘न्यूज टुडे’लाई बताए । आफु र मातहतका युनिटले गरेको कामको अनुभूती सप्तरीवासीले गर्ने दावी गर्दै उनले आ–आफ्नो स्थानबाट सबैपक्षले प्रहरीलाई समेत सघाउन आग्रह गरे ।