Top_Header_Right_Add

प्रहरीलाई आवश्यक श्रोतसाधन सहयोग गर्न तत्पर छौंः अध्यक्ष यादव

प्रहरीलाई आवश्यक श्रोतसाधन सहयोग गर्न तत्पर छौंः अध्यक्ष यादव

वृजमान तामाङ
विरेन्द्र बजार २३ भदौ । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले प्रहरी सेवालाई नागरिकमैत्री बनाउने कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय रुपनीद्वारा रुपनी बजारमा सोमबार आयोजित नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरीको साथ सहयोगले मात्र बेथिति न्यूनिकरण हुने बताउँदै कार्यक्रमका प्रमुख अतिथि यादवले प्रहरीलाई सम्मान गरेर काम लिनुपर्ने बताए ।
‘प्रहरी कसैको प्रभावमा पर्नु हुदैन’ उनले भने ‘दवाब र प्रलोभनमा पीडितले न्याय नपाउने हुँदा निष्पक्ष न्यायको अनुभुती आम नागरिकले गर्न पाउदैन ।’ जनताको जिउज्यानको सुरक्षाकालागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष यादवले प्रहरीलाई आवश्यकता परेको श्रोतसाधन सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।
भ्रष्टाचार, सामाजिक विकृतीलाई प्रोत्साहित गर्ने तत्वको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन प्रहरीलाई आग्रह समेत गरे । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले गुण्डागर्दी र अपराधीक क्रियाकलाप समलग्नलाई कसुर अनुसार कार्वाही गर्न पछि प्रहरी नहट्ने बताए । समाजलाई भयमुक्त बनाउने कार्यमा आम नागरिकको साथ सहयोग उत्तिकै आवश्यक हुने हँुदा सबैपक्षले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवी सरदारको अध्यक्षतामा अयोजित कार्यक्रममा राजपाका नेता दिनेश कुमार यादव, नेकपाका जिल्ला नेताद्वय रामभजु यादव, दुर्गानन्द ठाकुर, भ्रष्टाचार तथा लागुऔषधमुक्त गाउँपालिका अभियानका संयोजक राजु जयसवाल, बिष्णु थापा मगर, राम कुमार शास्त्री, राम कुमारी साह, बाबुराम घिमिरे, श्रवण कुमार यादवले आर्थिक प्रलोभन र बिचोलियाको प्रभावमा परेर प्रहरी सेवा प्रभावकारी हुन नसकेको गुनासो गरे ।
ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायव निरीक्षक सुरेश ठाकुरद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रमुख छबिरमण भट्टराईले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा सजगतापुर्वक ट्राफिक प्रहरी परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer