• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुरक्षाको प्रत्याभुति र सुशासन कायम राख्न प्रतिवद्धः प्रजिअ खनाल

सुरक्षाको प्रत्याभुति र सुशासन कायम राख्न प्रतिवद्धः प्रजिअ खनाल

राजविराज, २० भदौ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले सप्तरीवासीलाई सुरक्षाको प्रत्याभुति र सुशासन कायम गराउन आफुसहित मातहतका निकायहरुले कटिवद्ध भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कारागार व्यवस्थापन विभाग काठमाण्डौबाट सरुवा भएर सप्तरी आएका उनले शुक्रवार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्लामा पछिल्लो समय बढेको अपराधिक क्रियाकलाप, सरकारी कार्यालय तथा स्थानीय तहमा देखिएको वेथिति लगायतका विषयमा पत्रकारहरुले औंल्याएका विषयलाई सम्वोधन गर्दै उनले यी कुराहरु नियन्त्रण गरेर अघि बढ्ने बताए ।
उनले आफ्नो काम कर्तव्यबाट कुनै पनि परिस्थितीमा पछि नहट्ने तथा समाजबाट अपराधिक क्रियाकलाप न्यून पार्न मातहतका सुरक्षा निकाय प्रतिवद्ध रहने भएकोले यस कार्यमा सघाएर सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । ‘अपराधमुक्त समाज निर्माणकालागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको छ’ उनले भने–‘तपाईहरुको सहयोग र आफु मातहतका सुरक्षा निकायको सहकार्यले अवश्यक पनि अपराधिक गतिविधि न्यून हुन्छ ।’
जिल्ला प्रशासन कार्यालयमै विचौलियाको सक्रियता बढेको विषयमा प्रमुख जिल्ला अधिकारी खनालले विचौलिया यकिन गर्ने कार्य भईरहेको र त्यस्तो देखिएमा ठाउँको ठाउँ कारवानी गर्ने बताए । ‘कँही कतै विचौलिया पाउनुभो भने हामीलाई जानकारी गराउनुस्’ उनले थपे–‘तत्कालै कारवाही गर्छु ।’
कार्यक्रममा पत्रकारहरुले लागुऔषध कारोवार, हत्या, हिंसा, वलात्कार, बोक्सीको आरोपमा कुटपिट, जातिय विभेद, सरकारी कार्यालयमा विचौलियाको विगविगी, स्थानीय तहको वेथिति लगायतका विषय औल्याएका थिए ।