Top_Header_Right_Add
Crona Awareness

पकरीगोठ सोनराका वालिकालाई साइकल वितरण

पकरीगोठ सोनराका वालिकालाई साइकल वितरण

राजविराज भदौ २० गते । ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित नरवहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरीगोठ सोनराका वालिकालाई शुक्रवार साइकल वितरण गरिएको छ ।
शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरिएको हो । साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको उनले जानकारी दिए ।
प्रदेश सभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाहरूकोलागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजनाहरू छोरी शिक्षा विमा जस्ता योजनाहरूले छोरी सशक्तिकरणमा मद्दत पु¥याउने बताए । प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारीको सुनिश्चितता दिलाउने समेत उनले विश्वास व्यक्त गरे ।
महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गाउँपालिका वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी, राजपा नेता सुकदेव यादव लगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।