• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदशकै पहिलो बालमैत्री नगर कञ्चनरुप नगरपालिका

प्रदशकै पहिलो बालमैत्री नगर कञ्चनरुप नगरपालिका

राजविराज, १९ भदौ । प्रदेश २ मा बालमैत्री नगर घोषणा हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका पहिलो भएको छ । नगरपालिकामा विहिवार आयोजित समारोहका बीच संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बालमैत्री नगर घोषणा गरेका हुन् ।
बालबालिकाले पूर्ण खोप प्राप्त गरेको हुुनुपर्ने, निकृष्ट प्रकारको बाल श्रम अन्त्य गर्दै प्रभावित बालबालिकाको पुनस्थापना भएको हुनुपर्ने बालमैत्री स्थानीय तह घोषणा कार्य विधिको सूचक नगरपालिकाले पुरा गरेको छ ।
यसैगरी बाल विवाह नियन्त्रण भएको हुनुपर्ने, स्थानीय तह समुदायले १४ वर्षमुनिका बेसहारा बालबालिका भएमा उनीहरूको संरक्षण गरेको हुनुपर्ने लगायतका सूचकको मापदण्ड समेत पुरा गरेकोले नगरलाई बालमैत्री नगर घोषणा गरेको नगरपालिकाका मेयर वसन्तकुमार मिश्रले बताए ।
एघार हजार ४५ घरधुरीमा ५५ हजार २ सय ६६ जनसंख्या रहेको नगरपालिकामा १८ बर्ष मुनिका २० हजार ५ सय ९८ बालबालिका रहेको छ । बालमैत्री स्थानीय शासन रणनीति २०६८ अनुसार बालमैत्री स्थानीय तह घोषणा गर्न ३९ वटा राष्ट्रिय सूचकहरु निर्धारण गरिएको छ ।
उक्त सूचकको मापदण्ड पुरा गरी नगरपालिकाले थप दुई सूचक पुरा गरेर नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरेको मेयर मिश्रले बताए ।