Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

२१ दिनभित्र खटाईएको कार्यक्षेत्रमा पुगिसक्न कर्मचारीलाई निर्देशन

२१ दिनभित्र खटाईएको कार्यक्षेत्रमा पुगिसक्न कर्मचारीलाई निर्देशन
Bwtech New Add With Software & Bull SMS

राजविराज, १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २१ दिनभित्र खटाइएको कार्य क्षेत्रमा पुगिसक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको बालमैत्री नगर घोषणा समारोहमा विहिवार बोल्दै उनले २१ दिनसम्म पनि खटाइएको कार्यक्षेत्रमा नपुग्ने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका हुन् । ‘कर्मचारीलाई खटाइएको कार्यक्षेत्रमा अनिवार्य पुग्नुपर्ने हुन्छ’ मन्त्री पण्डितले भने–‘खटाइएको कार्यक्षेत्रमा नपुग्ने कर्मचारीको जागिरसम्म जान सक्छ ।’
एकदिन अघि मात्रै मन्त्रालयमा भएको बैठकको निर्णयबारे केलाउँदै मन्त्री पण्डितले खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीको जागिरसम्म पनि जान सक्ने बताए । खटाइएको कार्यक्षेत्रबाट मात्रै तलवसहितका सुविधा पाउने र सो ठाउँमा नपुग्ने कर्मचारीलाई तलव, भत्ता र अन्य सुविधाबाट वञ्चित गराईने निर्णय भएको छ, उनले थपे ।
मन्त्री पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी सिद्धान्तमै आधारित रहेको दावी समेत गरे । उनले केहि व्यक्तिहरुमा भ्रम छरिएकोले केहि स्थानमा विरोध भईरहेको बताए । उनले यतिवेला देश विकासतर्फ उन्नमुख भएकोले अनाहकमा विरोध नगर्न आग्रह समेत गरे । ‘देश विकासतर्फ उन्नमुख भएकोले विकास निर्माणमा सवैको सहयोग र साथ आवश्यक छ’ उनले भने–‘त्यहि सहयोग र साथको हामीले अपेक्षा गरेका छौं, अनाहकमा विरोध नगर्नुस् ।’
समारोहमा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले प्रदेश २ मा भ्रष्टाचार मौलाएको भन्दै दुख व्यक्त गरे । ‘विकास र समृद्धितर्फ लागेर अघि बढ्नुपर्नेमा भ्रष्टाचारमा लागेर प्रदेशलाई बदनाम गर्र्ने कार्य भईरहेको छ’ उनले भने–‘नेता र जनप्रतिनिधिलाई नियत सुधार गर्नु जरुरी छ ।’
प्रतिनिधिसभा सदस्य डा. सुर्यनारायण यादवले यस क्षेत्रका बालबालिका हरेक तवरले उपेक्षित भएकोले यसतर्फ सवैले गम्भिर भएर कार्य गर्नुपर्ने बताए । सप्तरी क्षेत्र नं.१ बाट निर्वाचित डा.यादवले बालबालिका भविष्यको कर्णधार रहेकोले उनीहरुभित्र रहेको प्रतिभाको प्रष्फुटन हुनदिनुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रको अध्यक्षतामा आयोजित बालमैत्री नगर घोषणा समारोहमा प्रतिनिधिसभा सदस्य सरिता गीरीलगायत शुभकामना दिए ।

Online Saptari

About The Author

%d bloggers like this: