Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

रकम निकासाको विषयमा आरआरएन कार्यालयमा घम्साघम्सी

रकम निकासाको विषयमा आरआरएन कार्यालयमा घम्साघम्सी
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ भदौ । बेलायत सरकारको सहयोगमा सप्तरीको तिरहुत गाउँपालिकामा सञ्चालित योजनाहरुमा अनियमितता भएको भन्दै स्थानीय वासिन्दाहरु आन्दोलित भएका छन् ।
अमेरिकी राजदूत अर्जुन कार्की संस्थापक अध्यक्ष रहेको सामुदायिक विकास कार्यक्रम (आरआरएन)को फिल्ड कार्यालय राजविराजमा तालाबन्दी गर्न आएका उपभोक्ता समिति र आरआरएन पदाधिकारी बीच झडप हुँदा कार्यालयको कामकाज समेत प्रभावित भएको छ । बेलायती सहयोग रहेको आरआरएन नामक गैरसरकारी संस्थाले सप्तरीको तिरहुत गाउँपालिकामा २ करोड ३६ लाख रुपैयाँ बराबरका विभिन्न योजनाहरु सञ्चालन गरेका छन् ।
तिरहुत गाउँपालिका वडा नम्वर १ त्रिकौलमा एक करोड १७ लाखको लागतमा निर्माणाधीन वडा कार्यालय भवन र वडा नम्वर ३ गोइठीमा २८ लाखमा निर्माण भईरहेको आधारभूत विद्यालय भवनमा गुणस्तरहिन सामग्री प्रयोग भईरहेको र त्यसलाई रोक्न खोज्दा कार्यालयमै चर्काचर्की एवम् घम्साघम्सी भएको छ ।
आरआरएनका फिल्ड अफिसर दिनेश अर्याल, ईन्जिनियर सुशील पाण्डे र गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेरले मिलेर उपभोक्ता समितिलाई बाइपास गरी रकम निकासा लिएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । एनआाइसी एसिया बैंक राजविराजबाट चेक नम्वर २७६६७०८० बाट १२ लाख ३१ हजार ८०७ र चेक नम्वर २७६६७०७९ बाट ८ लाख ९० हजार ८ सय २३ रुपैयाँ झिकेपछि उपभोक्ता समितिका पदाधिकारीहरु आरआरएनको कार्यालयमा आएर आक्रोश व्यक्त गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: