• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

खाँडो नदी नियन्त्रण आयोजनामा बेरुजुको चाङ

आठ वर्षे आयोजनामा पाँच वर्ष सकियो, निर्माण कार्य भने ४० दशमलव २ प्रतिशत मात्रै
खाँडो नदी नियन्त्रण आयोजनामा बेरुजुको चाङ

राजविराज, १५ भदौ । आर्थिक कार्यविधि ऐन २०५५ को दफा १४ मा महालेखा परीक्षकले तोकेको म्यादभित्र लेखा र आर्थिक विवरण दाखिला गर्नुपर्ने, तद्अनुसार दाखिला नगर्ने जिम्मेवार व्यक्तिलाई जरिवाना र विभागीय कार्वाही समेत गर्न सकिने व्यवस्था छ । तर, सप्तरीमा मनलाग्दी कार्यालय सञ्चालन गरिरहेका स्थानीय तहदेखि आयोजनासम्मको कार्यालयमा समेत नीति र विधि विपरित काम गर्दा वर्षेनी बेरुजु रकम बढ्दै गएको छ ।
प्रचलित कानूनबमोजिम पु¥याउनुपर्ने रीत विपरित कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमित र बेमनासिब तरिकाले आर्थिक कारोवार गर्ने परिपाटीले बेरुजु रकम बढ्दै गएको हो । आर्थिक वर्ष ०७२÷०७३ मा खाँडो नदी नियन्त्रण गर्ने जिम्मेवारी पाएर राजविराजमा स्थापना गरिएको खाँडो नदी नियन्त्रण आयोजनामा समेत डेढ करोडभन्दा बढी बेरुजु रकम पुगेको छ । आयोजनाको आर्थिक वर्ष ०७४÷०७५ मा १ करोड ५३ लाख १५ हजार रुपैयाँ बेरुजु रकम पुगेको हो ।
अघिल्लो बेरुजु रकम फछर््यौट गर्नुपर्नेमा आयोजनाले आर्थिक वर्ष ०७४÷०७५ मा मात्र ४२ लाख २६ हजार रुपैयाँ बेरुजु रकम थपेको देखिएको छ । जसमा ९० लाख ४८ हजार रुपैयाँ नियमित गर्नुपर्ने, ३० लाख २३ हजार रुपैयाँको प्रमाण पेश गर्नुपर्ने छ भने पेश्की मात्रै ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ । पेश्कीतर्फ फछर््यौट रकम २० लाख ४० हजार र फछर््यौट हुन १२ लाख ३ हजार रुपैयाँ बाँकी रहेको आयोजनाको विवरणमा देखाइएको छ ।
आयोजनाले ८ वर्ष (आर्थिक वर्ष ०७८÷०७९ सम्म)मा नदीको दुवैतर्फको ५० दशमलव ४० किलोमिटर तटबन्ध निर्माण, ८ दशमलव ५४ किलोमिटर रिभेटभेन्ट तथा लन्चिङ्ग निर्माण, ४ हजार ५० सेट प्रकुपाइन जडान, १ सय १ वटा स्टड निर्माण कार्य गर्नुपर्नेछ ।
यसैगरी ३३ वटा सिङ्गल व्यारल एएफएस निर्माण, १९ वटा डबल व्यारल एएफएस निर्माण, २८ वटा र्याम्प निर्माण र ४८ दशमलव ४० किलोमिटर ग्राभलिङ्ग कार्य गर्नुपर्नेछ । तर, पाँच वर्ष वित्दा समेत आयोजनाले ४० दशमलव २ प्रतिशत मात्रै कार्य गर्न सकेको छ । सोही आर्थिक वर्षसम्म आयोजनाले ५६ करोड १ लाख ३४ हजार १ सय ९४ रुपैयाँ खर्च गरेको विवरणमा जनाएको छ ।