Top_Header_Right_Add

सप्तरीमा ७ फिट लामो अजिङ्गर फेला

सप्तरीमा ७ फिट लामो अजिङ्गर फेला

राजविराज, १३ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित खाडलबाट शुक्रवार ७ फिट लामो अजिङ्गर सर्प फेला परेको छ ।
स्थानीयहरुले माछा पार्ने क्रममा फेला पारेको उक्त अजिङ्गर १० किलो बराबरको रहेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो अजिङ्गरको उद्धार गरी इलाका वन कार्यालय रुपनगरमा वुझाएको छ । अजिङ्गरलाई जङ्गलमा लगेर छोड्ने तयारी भईरहेको सहायक वन अधिकृत उमेश यादवले जानकारी दिए ।

About The Author