Top_Header_Right_Add

बसको ठक्करले मगरको मृत्यु

बसको ठक्करले मगरको मृत्यु

वृजमान तामाङ
विरेन्द्र बजार, ४ भदौ । सप्तरीको विरेन्द्र बजारमा मङ्गलवार साँझ बसको ठक्करले एक साईकलयात्रीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जादै गरेको ना ६ ख ९४७९ नम्वरको बसले ठक्कर दिदँ रुपनी गाउँपालिका–६ का २२ वर्षीय विजय यसमाली मगरको मृत्यु भएको हो । वेलुकी साढे ८ वजे तरकारी किनेर घरतर्फ जाने क्रममा मगरलाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले वताए ।
ठक्करबाट गम्भिर घाईते भएका मगरलाई उपचारको रायपुर स्थित यूनिक अस्पतालमा उपचार पश्चात थप उपचारको लागि विराटनगर लाने क्रममा मृत्यु भएको वडा नम्वर ६ का वडाध्य गोविन्द सिंह थापाले जानकारी गराए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

About The Author