• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कसैको प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

कसैको प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, २ भदौ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई कुनै पनि घटनाको अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव वा प्रभावमा नपर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकोले कसैको दवाव प्रभावमा नपरी निष्पक्ष भएर काम गर्न निर्देशन दिएका छन् ।
शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्था प्रति सम्वेदनशिल रहेको उल्लेख गरे । उनले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत जनाए ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कुमार कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमी नराखिने प्रतिवद्धता व्यक्त गरे । एकाइसौ सताब्दिमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने उनले बताए ।
उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।